हेलम्बुमा आगलागी बालकको मृत्यु

बिएल संवाददाता

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा आगलागीमा परी तीन बालकको ज्यान गएको छ। हेलम्बु गाउँपालिका ७  सुर्सिङ गाउँको झाक्रिटोलस्थित सञ्च तामाङको गोठमा सोमबार साँझ आगलागी हुँदा बालकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। 

आगलागीमा सञ्च तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षीय छोरा मनिष तामाङ र साइला तामाङको ५ वर्षीय छोरा दिलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ।

एक तले गोठमा चुल्होमा रहेको मकैको खोस्टा  र सुकेको नल,परालबाट आगो सल्किदा घट्ना भएको डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

प्रकाशित मिति: : 2021-11-23 09:42:00

प्रतिकृया दिनुहोस्