बिएल संवाददाता
नेपाली कांग्रेस १४ औँ महाधिवेशन अन्तर्गत दाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नेतृत्वका लागि आज मंगलबार मतदान हुने भएकाे छ।
काँग्रेस जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार क्षेत्रीय नेतृत्वको लागि सोमबार सात जनाकाे उम्मेदवारी दर्ता भएकाेछ। प्रतिनिधिसभा क्षेत्रमा सभापतिसहित सचिव, सहसचिव, सदस्य, महाधिवेशन प्रतिनिधि पदका लागि निर्वाचन हुन लागेको हो। प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उपसभापति पदमा प्रदेशसभाका सभापति पदेन रहने व्यवस्था छ। उपसभापतिबाहेक अन्य पदमा निर्वाचन हुने निर्वाचन अधिकृत युवराज बस्नेतले जानकारी दिए।
१ काे क्षेत्रीय सभापतिमा भेषराज पाण्डे र सर्वजित डिसी चुनावी मैदानमा छन्। पाण्डेको प्यानलबाट सचिवमा हरिहर शर्मा र खेम चौधरी, सहसचिवमा प्रकाश जिसी र गोविन्द वलीले उम्मेदवारी दिएका छन्। पाण्डे वर्तमान सभापति हुन् भने डिसी नयाँ अनुहार हुन्।
डिसीको प्यानलबाट सचिवमा त्रियोगी यादव, कृष्ण चौधरी, सहसचिवमा राजेन्द्र खड्का र मिनराज अधिकारी छन्।
२ काे क्षेत्रीय सभापतिमा भीमप्रकाश खड्का र निर्मल डाँगीले उम्मेदवारी दर्ता गराएका छन। खड्काको प्यानलबाट सचिवमा हिमबहादुर डाँगी र कमल गौतम छन् भने सहसचिवमा रमेशकुमार पाण्डेय र रञ्जीतकुमार श्रेष्ठ रहेका छन्। डाँगीको प्यानलबाट सचिवमा आरके शितल र सन्तोष योगी, सहसचिवमा शिव घिमिरे र प्रमोद पोखरेल चुनावी मैदान छन्। डाँगी घोराही–१० वडा अध्यक्ष समेत हुन्।
३ काे सभापतिमा वर्तमान सभापति जगतबहादुर खड्का, पूर्वजिल्ला सहसचिव सुरेन्द्र खडका र पूर्वनगर सभापति किरणबहादुर शाह चुनावी मैदानमा छन्। जगतको प्यानलबाट सचिवमा शोभकर सापकोटा र पूर्णबहादुर केसीले उम्मेदवारी दिएका छन्। सहसचिवमा भीमकान्त भट्टराई र डेफुलाल चौधरीले उममेदवारी दर्ता गराएका छन्।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया