[अपडेट] जुम्लामा जीप दुर्घटना, एक जनाकाे मृत्यु

जुम्लाकाे पातरासी गाउँपालिकामा जीप दुर्घना हुँदा एक जनाकाे मृत्यु भएकाे छ। घाइते ९ जना मध्ये पाँच जनाकाे सनाखत भएको छ।

दुर्घटनास्थलबाट अस्पताल ल्याउँदै गर्दा बाटाेमैकी पातरासी -७ ऋनीकी ४६ वर्षीया दन्तकाली बाेहाेराकाे मृत्युु भएकाे प्रतिष्ठानका डा. कृशान्त भण्डारीले बताए।

शनिबार पातरासीकाे बडखाेलीमा भे १ ज ५८८ नम्बरकाे जीप दुर्घटना भएकाे प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले बताइन्।

प्रजिअका अनुसार घाइतेमध्ये १ जनाकाे अवस्था गम्भीर रहेकाे छ। उनले भनिन्, 'घाइते सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारकाे लागि पठाएको छ।' 

गम्भीर घाइते दुई जनाकाे सनाखत हुन बाँकी रहेकाे प्रहरी हवल्दार जगन्नाथ खड्काले बताए। जीप लासीबाट तल आउँदै गर्दा दुर्घटनामा भएकाे पातरासी-३ महरीका घाइते गाेर्ख बहादुर बुढाले बताए।

सनाखत भएका घाइतेहरुमा पातरासी -३ लुम बस्ने १९ वर्षकाे रुपा बाेहारा, पातरासी -३ महरीका वर्ष ५९ वर्षीया गाेर्ख बाहाेरा, पातारासी -५ माथि लाेर्प बस्ने वर्ष ५५का सिंह रुप बुढा, पातरासी -५ जम्न बस्ने वर्ष ६ काे पुष्कर विष्ट र ७ रिनी बस्ने वर्ष १० की ममता बाेहाेरा रहेका छन्।

प्रकाशित मिति: : 2021-11-20 15:51:00

प्रतिकृया दिनुहोस्