समाजवादी प्रेस संगठन वैधानिक रूपमा दर्ता

समाजवादी प्रेस संगठन नेपालले दर्ता प्रक्रिया सम्पन्न गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन शुक्रबार काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको हो।

संगठन स्थापनाको घोषणा गरेको एक साताभित्रै वैधानिक रूपमा आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरेको हो।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालबाट संगठनका उपाध्यक्षद्वय प्रकाश खतिवडा र बुद्धिवीर वाहिङ राई, महासचिव भूपराज खड्का र संगठनका तथा पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले संगठन दर्ताको प्रमाणपत्र सामूहिक रूपमा ग्रहण गरेका छन्।

संगठनले नेपाली पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हित र अधिकारका लागि क्रियाशील रहने, सूचनाको हक, मानवअधिकार र प्रेस स्वतन्त्रताका निम्ति संघर्ष गर्ने उद्देश्य राखेको महासचिव भूपराज खड्काले जानकारी दिए।

प्रकाशित मिति: : 2021-11-19 18:32:00

प्रतिकृया दिनुहोस्