सुडानको राजधानीमा दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहार

File Photo
File Photo

सुडानी सुरक्षा बलले बिहीबार बिहान राजधानी खार्तुममा ब्यारिकेडहरू लगाएका दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताएका छन्।

उत्तरी खार्तूममा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ जहाँ प्रदर्शनकारीहरूले रातभरि विरोध प्रदर्शन जारी राखेका थिए। गत महिना सेनाले कब्जामा लिएपछि ‘कू’ विरोधी बुधबारको प्रदर्शनी सबैभन्दा घातक र आक्रामक देखिएको बताइएको छ।

चिकित्सकहरूले जनाएअनुसार बुधबारको प्रदर्शनमा कम्तीमा १५ जना प्रदर्शनकारीको मृत्यु भएको र तीमध्ये अधिकांश उत्तरी खार्तुममा थिए।

प्रकाशित मिति: : 2021-11-18 15:11:00

प्रतिकृया दिनुहोस्