नेप्से सूचक १६ अङ्कले वृद्धि

File Photo
File Photo

आज (बुधबार) सेयर बजार दोहोरो अंकले बढेको छ। आज लगातार तेस्रो दिन बजार उकालो लागेको हो। बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ बिन्दुमा पुगेको छ। आज नेप्से ०.६१ प्रतिशतले बढेको छ। त्यसैगरी, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ ।

आज कुल २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। आज कुल १३ उपसमूहमा ७ वटा समूहको सेयर मूल्य बढेको छ भने ६ वटा समूहको सेयर मूल्य घटेको छ। आज अन्य समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। आज यो समूहको सेयर मूल्य ५.२९ प्रतिशतले बढेको छ। त्यसैगरी, हाइड्रोपावर समूहको सेयर मूल्य २.२४ प्रतिशतले बढेको छ।

प्रकाशित मिति: : 2021-11-17 15:48:00

प्रतिकृया दिनुहोस्