कमल किल्ला हल्लाउने पूर्व-पश्चिम मोर्चा

आयोमेल

गजेन्द्र बोहरा

नेपाली राजनीतिमा एउटा स्थापित नाम हो, कृष्णप्रसाद सिटौला। २०७४ सालको आम निर्वाचनमा झापाको क्षेत्र नं ३ मा उनै सिटौलालाई हराउँदै एउटा अर्को ‘गुमनाम’ अनुहार एकाएक देशभरि चम्कियो।

त्यो अनुहार थियो, राजेन्द्र लिङ्देन। ‘रूख’को एउटा विरासत बोकेका बलिया हाँगा थिए सिटौला। ‘हलो’ लिएर नारिएका लिङ्देनले त्यो हाँगो भाँचिदिए। नेपाली कांग्रेसको त्यो ‘सनातन’ गढ उनले भत्काइदिए।

चुनावी मैदानमा लिङ्देनको यो तेस्रो प्रयास थियो। अघिल्ला दुई चुनावमा उनै सिटौलाले लिङ्देनलाई पछारेका थिए।

आखिर पछारिँदै उठ्नु त जीवनको नियमै हो। लिम्बुको छोरो, हार त कसरी मान्थे र!

त्यसअघि यो अनुहार त्यति धेरै चिनिएको थिएन। १३ हजार ४ सय ५५ मतको एउटा गहिरो खाडलमा सिटौलालाई खसाउँदै राष्ट्रिय राजनीतिमा एकाएक उदाएका लिङ्देल अब सिङ्गो पार्टीको नेतृत्व लिने तरखरमा छन्।

सिटौलालाई पछारेको त्यो मैदानमा लिङ्देनका पछाडि ‘बाम-शक्ति’ थियो। चुनावी मैदानमा अझ अर्को रोचक त के पनि थियो भने देशैभरि राप्रपाले नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको थियो। तर, त्यहाँ भने लिङ्देनले बाम-गठबन्धनसँग तालमेल गरेर आफूलाई जिताए।

प्रकाशित मिति: : 2021-11-17 11:15:00

प्रतिकृया दिनुहोस्