प्रचण्डलाई स्वागत गर्न नगरपालिकाले दियो सार्वजनिक बिदा

बिएल संवाददाता

रामगोपालपुर
File Photo
File Photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई स्वागत गर्न रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाले मंगलबार सूचना जारी गर्दै मंसिर १ गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो। अध्यक्ष प्रचण्डले वडा–२, ३, ४, ६, ७, ८ र ९ को आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्ने कार्यक्रम छ। त्यही कार्यक्रमका लागि नगरपालिकाले एकदिन सार्वजनिक बिदा दिएको छ। 

रामगोपालपुर नगरपालिका नगर प्रमुख अशोककुमार मण्डलले प्रचण्डको स्वागतका लागि सार्वजनिक बिदा दिएकाे बताएका छन्। प्रचण्डको स्वागतमा नगरपालिकाले रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा औपचारिक कार्यक्रम तय गरेको छ।

प्रकाशित मिति: : 2021-11-17 06:20:00

प्रतिकृया दिनुहोस्