सेयर बजार दाेहाेराे अंकले बढ्याे

File Photo
File Photo

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ। सोमबार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो।

२२८ कम्पनीकोे चार अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ। आइतबार पनि सोही रकम बराबरको कारोबार भएको थियो।   कारोबारको आधारमा सोमबार सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ। यस बैंकको ३५ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ।

कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ। विकास बैंक र फाइनान्स समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीको सुधार भएको छ भने बाँकी सबै समूह शून्य दशमलव ०५ देखि झण्डै दुई प्रतिशतसम्मले बढेको छ।

नेप्सेका अनुसार सोमबार सेयर मूल्यमा उच्च वृद्धि हुनेमा बोटलर्स नेपाल तराई लिमिटेड, मनुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र मैलुङखोला जलविद्युत कम्पनी छन्। यी कम्पनीहरूको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंकका लगानीकर्ता छन्। यस कम्पनीको सेयर मूल्यमा चार दशमलव ४६ प्रतिशतको गिरावट आएको छ।    

प्रकाशित मिति: : 2021-11-15 15:45:00

प्रतिकृया दिनुहोस्