गीतकार मधु पौडेलको शब्द तथा संगीतकार प्रहाल्द बोगटीको संगीत समावेश नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘कस्तुरी’ बोलको गीतमा सुमन केसी र प्रविशा अधिकारीले स्वर दिएका छन्।
सुमन र प्रविशाको सहकार्य रहेको गीत ‘कति माया गर्छौ’ लाई रुचाइएको थियो। ‘कस्तुरी’को भिडिओमा पनि ‘कति माया गर्छौ’मा देखिएका अभिनेता नाजिर हुसेन र मोडल सुशिला थापा फिचर्ड भएका छन्।
शान थापाको निर्देशनमा बनेको भिडिओमा राजिव समर सहायक निर्देशकको रुपमा छन्। बुद्ध थापाले खिचेको भिडिओलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।