'भाजपा–माेदीले भारतीय मिडियालाई पूर्ण रूपमा कब्जा गरे'

राज राेकाया

फतेहपुर, उत्तर–प्रदेश
Photo: PTI
Photo: PTI

भारतीय काङ्ग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र माेदी र भारतीय जनता पार्टी (भाजपा)ले सञ्चारमाध्यमलाई पूर्ण रूपमा कब्जा गरेको आराेप लगाएका छन्।

तथ्य र तर्कको आधारमा नभइ भारतीय मिडिया आरएसएस–भाजपा–माेदीकाे आग्रहमा परिचालित भएकाे उनले दाबी गरे। हिन्दू राष्ट्रवादी सङ्गठन राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) र भाजपाले 'हिन्दूत्व'काे नाममा भारतभर घृणा फैलाइरहँदा 'गाेदी मिडिया'समेत सँगैसँगै दाैडिएकाे राहुलकाे दुःखेसाे छ। 

'आजको भारतमा वैचारिक लडाई निकै महत्वपूर्ण भएको छ। बीजेपी-आरएसएसले घृणा फैलाएको हामीले स्वीकार गर्नैपर्छ,' उनले पार्टीको जन–जागरण अभियानकाे शुभारम्भ गर्दै भने, 'आरएसएस–भाजपाले मिडियालाई कब्जामा लिएका छन्। भारतीय समाज भ्रमले ढाकिएको छ।'

काङ्ग्रेस पार्टीले आफ्नाे विचारलाई जनतामाझ आक्रामक रुपमा प्रचार गर्न नसक्दा अतिवादी समूहहरू फैलिएकाे राहुलकाे भनाइ छ।

पार्टीको विचारलाई संगठनभित्र सुदृढ गर्दै देशभर फैलाउनुपर्नेमा जोड दिँदै उनले भने, 'काङ्ग्रेसको विचार जीवित र जीवन्त छ। यसले भाजपा–राष्ट्रिय स्वयंसेवक संघको विचारसँग प्रतिस्पर्धा गर्न सक्छ।'

काङ्ग्रेस विचारकाे दृष्टिकाेणले स्पष्ट हुँदाहुँदै पनि भाजपाकाे अतिवादी साेचसामु छायाँमा परेको स्वीकार गरे। काङ्ग्रेसको विचारधारा असीमित शक्तिको 'सुन्दर रत्न' जस्तै भएकाे राहुलले बताए।

आफू हिन्दू भएकाे दाबी गर्दै उनले भने,  'हामीलाई हिन्दुत्वको आवश्यकता छैन। कसैलाई मन परोस् वा नपरोस्, आरएसएस र भाजपाको घृणित विचारधाराले काङ्ग्रेस पार्टीको मायालु, स्नेहपूर्ण र राष्ट्रवादी विचारधारालाई ढाकेको छ। जिउँदो छ तर घृणावादी विचारले यसलाई ओझेलमा पारेको छ।'

भारतमा प्रष्ट देखिने गरी दुईवटा विचारधारा रहेकाे उनले बताए। कांग्रेस र आरएसएस। कांग्रेसको विचारधारालाई सुदृढ गर्ने र पार्टी कार्यकर्ताहरूमार्फत भारतभर फैलाउने समय आइसकेकाे राहुलले जनाए। सांसदहरूलाई उनले वैचारिक प्रशिक्षणको महत्त्वमा जोड दिएका छन्।

प्रकाशित मिति: : 2021-11-13 06:09:00

प्रतिकृया दिनुहोस्