रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरू

File Photo
File Photo

रोल्पा जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरु भएको छ। 

एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा सेवा सुरु गरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको अस्पताल प्रशासनले जनाएको छ।

निकसाइमन्स इन्स्टिच्युटको सहयोगमा डा.रणबहादुर बोगटी सहित अन्य तीन चिकित्सकले जिल्ला अस्पतालमा सेवा दिन थालेका अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले जानकारी दिए। 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले दक्ष चिकित्सकद्वारा सेवा सुरुभएसँगै जिल्लाका बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको बताए।

डा. बोगटीले भने, 'दुर्गम जिल्लाका बिरामीको सेवा गर्न पाएकामा म खुशी छु।' रासस

प्रकाशित मिति: : 2021-11-13 05:29:00

प्रतिकृया दिनुहोस्