चिनियाँ राष्ट्रपति सी माओ र देङपछिका सबभन्दा महत्वपूर्ण नेता, उनको दर्शन 'एसेन्स अफ चाइनिज कल्चर' चीनका लागि महत्वपूर्ण

File Photo
File Photo

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय समिति बैठकले राष्ट्रपति सी चिनफिङलाई पार्टीमा माओ त्सेतुङपछिको सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्वको रूपमा उनको स्थान पक्का गरेको छ। योसँगै उनले अभूतपूर्व तेस्रो कार्यकालका लागि शासन गर्ने छन्। उनले चाहेसम्म पदमा रहिरहन बाटो खुलेको छ।

सीपीसीको केन्द्रीय समितिका सदस्यहरूले बेइजिङमा चार दिने नेतृत्व बैठक सम्पन्न गर्दै सी चिनफिङको विचारलाई 'चिनियाँँ संस्कृतिको सार' घोषित गरे। सीपीसीले जनाएअनुसार, उनको राजनीतिक दर्शन 'चिनियाँँ राष्ट्रको महान कायाकल्प' (एसेन्स अफ चाइनिज कल्चर) लाई देशका लागि निर्णायक महत्वको रहेको छ।

चीनको इतिहासमै तेस्रोपटक पारित भएको थियो– यस्तो प्रस्ताव। चीनको क्रान्ति सफल हुनुअघि नै सन् १९४५ मा अध्यक्ष माओका लागि यस्तै राजनीतिक प्रस्ताव पारित गरेको थियो, जसले अहिलेको शक्तिशाली चीनको जग बसालेका थिए। चिनियाँ जनतालाई देशका लागि योगदान गर्नुपर्छ भन्ने चेतको विकास गरेका थिए।

सन् १९८२ मा तत्कालीन सीपीसीका सर्वोच्च नेता देङ सिआओ पिङका लागि दोस्रोपटक यस्तै प्रस्ताव पारित गरेको थियो। देङले बन्द अर्थनीति फेरेर खुल्ला बजार नीति लागू गरेका थिए। चीनलाई आर्थिक शक्तिका रूपमा अगाडि बढाउने ढोका खोलेका थिए।

त्यसपछि यसै साता सीका लागि त्यस्तै प्रस्ताव पारित गरेका हुन्, जसले सीपीसी स्थापनाको एक सय वर्ष पुग्दा चीनलाई आर्थिक महाशक्ति बनाउने यात्राको नेतृत्व गरिरहेका छन्। उनले पेश गरेको दस्तावेज पार्टीको केन्द्रीय कमिटी बैठकले 'ऐतिहासिक सङ्कल्प' भन्दै अनुमोदन गरे।

पछिल्लो संकल्पको पूर्णपाठ जारी हुन अझै बाँकी छ तर बिहीबार राति प्रकाशित एक विज्ञप्तिले सन् २०१२ मा सत्तामा आएका सीलाई महान भविष्यतर्फ डोर्‍याउने व्यक्तित्वको रूपमा माओको बराबरीमा राखेको संकेत दिन्छ।

सीपीसीद्वारा पारित प्रस्तावले दुई कार्यकालपछि सत्ता छाड्नुपर्ने परम्परा उल्लङ्घन गर्दै तेस्रो पाँच-वर्षीय राष्ट्रपति कार्यकाल खोज्ने सीको क्षमताले चिनियाँ कम्युनिष्ट पार्टीभित्र उनको पूर्ण नियन्त्रण देखाउँछ।

सन् २०१८ मा राष्ट्रपतिको रूपमा उनको पदावधिको सीमा हटाउँदा नै उनको मनसायलाई सङ्केत गर्‍यो। विगतमा कुनै उत्तराधिकारीलाई गरिएको वा वरिष्ठ पदमा पदोन्नति गरिएको छैन।

बैठकपछि जारी विज्ञप्तिले सीको व्यक्तित्वको प्रशंसा गरेको छ। 'हङकङमा शासन गर्ने देशभक्त' र 'ताइवानका पृथकतावादीहरूको दृढतापूर्वक विरोध गरेको' सहित विभिन्न मोर्चाहरूमा बेइजिङको नीतिहरूको प्रशंसा गरेको छ।

उक्त विज्ञप्तिमा लेखिएको छ, ‘विदेश मामिलाको सन्दर्भमा हामीले सबै पक्षमा चिनियाँ विशेषतासहितको प्रमुख देशको कूटनीतिलाई अगाडि बढाएका छौं। चिनियाँँ कम्युनिष्ट पार्टी र चिनियाँँ जनताले अथक सङ्घर्षमार्फत् चिनियाँ राष्ट्रले उभिन र समृद्ध हुँदै बलियो बन्ने ठूलो परिवर्तन हासिल गरेको कुरा विश्वलाई देखाएको छौँ।'

सीले अर्को साता अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडियो लिङ्कमार्फत् भेट्ने अपेक्षा गरिएको छ। बाइडेनले यसै वर्ष पदभार ग्रहण गरेपछिको उक्त वार्तालाप दुई नेताहरूबीचको पहिलो आमने-सामने शिखरवार्ता हुने छ।

वाशिङ्गटनका अधिकारीहरूले महिनौँदेखि यस्तो बैठकको लागि दबाब दिइरहे तापनि सीले महामारीको समयमा चीन छोड्न अस्वीकार गरेकोले दुई नेताबीचको भिडियो बैठक तय भएको हो।

चीन र संयुक्त राज्य अमेरिकाबीच जारी तनाव केही हदसम्म सेलाउने सङ्केत यस साता देखिएको थियो, जब जलवायु दूतहरू जोन केरी र झी जेनहुआले अमेरिका र चीनबीचको जलवायु परिवर्तनसँग जुध्न, मिथेन उत्सर्जन कटौती गर्ने, कोइलाको खपतलाई अन्त्य गर्ने र अवैध वन फँडानी अन्त्य गर्नेलगायतका सहयोग बढाउने घोषणा गरे।

न्युजिल्यान्डमा बिहीबार आयोजित एपेक शिखर सम्मेलनमा सम्बोधन गर्दा राष्ट्रपति सी कम मेलमिलापवादी देखिएका थिए। उनले एसिया-प्रशान्त क्षेत्रमा अमेरिकी नीतिको आलोचना गरे र चेतावनी दिए,  'अमेरिका शीतयुद्ध युगको टकराव र विभाजनमा दोहोर्‍याउन सक्दैन र गर्न पनि हुँदैन।'  
-एजेन्सीको सहयोगमा 

प्रकाशित मिति: : 2021-11-12 17:46:00

प्रतिकृया दिनुहोस्