कंगोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता

Nairaland
Nairaland

डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन्।

देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएकोद अधिकारीहरुले जानकारी दिएका छन्।

घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ।

दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहेका थिए । हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।  
 

प्रकाशित मिति: : 2021-11-12 13:43:00

प्रतिकृया दिनुहोस्