शनिबार, २३ अगस्ट २०२५

ओरालो यात्रामा सेयर बजार, कारोबार रकम ५ अर्बमा खुम्चियो

File Photo
• • •

नेपाली सेयर बजारको ओरालो यात्राले आज (बिहीबार) पनि निरन्तरता पाएको छ। यस साता तीन दिन मात्रै बजार खुल्दा ३ दिन नै बजार घटेको हो।

तिहारपछि सोमबार खुलेको बजारमा खुलेकै दिन घटेको थियो। त्यसैगरी, मंगलबार पनि घटेको थियो, छटपर्वका कारण बुधबार बजार बन्द रह्यो। आज अन्तिम कारोबार दिन पनि बजारले ओरालो यात्रालाई नै निरन्तरता दियो।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २६९० दशमलव २९ बिन्दुमा पुगेको छ। नेप्से आज २ दशमलव १७ % ले घटेको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!