इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

बिएल संवाददाता

इन्डोनेसिया
File Photo
File Photo

इन्डोनेसियामा बिहिबार भूकम्प गएको छ। देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो। भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ।

ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन। त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार बिहिबार बिहान ८:४५ बजेतिर भूकम्प गएको हो।

प्रकाशित मिति: : 2021-11-11 15:06:00

प्रतिकृया दिनुहोस्