फिल्म ‘सिल्ली फो’ मा केकी अधिकारीको मुख्य भूमिका

File photo
File photo

फिल्म ‘सिल्ली फो’ मा अभिनेत्री केकी अधिकार देखिने भएकी छन्। 

राजबहादुर सानेले निर्देशन गरेको फिल्ममा केकी मुख्य भूमिकामा देखिन लागेकी हुन्। 

चार जना बदमास मानिसको कथामा बन्न लागेको सो फिल्ममा केकीलगायत राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाइँ, सरस्वती रामजाली मगर, सागर विष्ट, कुशल बोहोरा, गोपाल विक, राजकुमार सापकोटा, छत्रेश्वरप्रसाद शर्मा आदी कलाकारहरुको अभिनय रहनेछ। 

प्रकाशित मिति: : 2021-11-11 13:40:00

प्रतिकृया दिनुहोस्