नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ।
निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ।
बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ। यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो।