पोल्याण्डले बेलारुससँगको सीमामा सुरक्षाकर्मी बढायो

File photo
File photo

आप्रवासन सङ्कटको बीचमा बेलारुससँगको सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू तैनाथ गरिएको पोल्याण्डले जनाएको छ।

प्रतिआतङ्कवाद इकाइका २५० सदस्यहरू सहित सीमा सुरक्षाकर्मी खटाइएको गृह उपमन्त्री मासीज वासिकले मंगलबार जानकारी दिएका छन्।

उपमन्त्री वासिकले टिभिपि प्रसारकको प्रसारणमा सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू २५० काउन्टर टेररर युनिटका कर्मचारीहरू सहित तैनाथ गरिएको र ती सबैले देशको सुरक्षामा ध्यान दिने बताएका छन्। 

प्रकाशित मिति: : 2021-11-09 21:28:00

प्रतिकृया दिनुहोस्