जनयुद्ध लडेका योद्धाहरूको पसिनामाथि प्रचण्ड–बाबुरामबाटै घात भयाेः नवीन रोकामगर [अन्तर्वार्ता]

नेकपा एमालेका केन्द्रीय सदस्य नवीन रोकामगरले १० वर्षे जनयुद्धको नेतृत्व गरेका 'प्रचण्ड–बाबुराम'बाटै शहीद र देशप्रति गम्भीर घात भएको बताएका छन्।

‘जनयुद्ध लडेका योद्धाहरूको पसिना र जीवनप्रति घात भो। कैयौँ शहीदहरू सपना पूरा गर्नका लागि लड्नुभो,’ उनले भने, ‘सपनालाई साकार पर्न र पूर्णरूपमा स्थापित गर्नका लागि नयाँ ढंगले नयाँ मोर्चा, विचार, योजना, जोश र उचाइँका साथ नयाँ कदम अघि बढ्यो।’ 

बिएल नेपाली सेवासँग कुराकानी गर्दै रोकामगरले राज्यसत्ताको ज्यादतिविरूद्ध एकमत भइ एकठाउँमा उभिने थबाङको परिचित स्वभाव भएको स्पष्ट पारे।

एमाले नेता रामबहादुर थापा ‘बादल’को थबाङसँग भिन्नै सम्बन्ध भएको रोकामगरले खुलासा गरेका छन्। ‘बादल कमरेड कम्तिमा ६ महिना थबाङमै बस्नुभो। सिस्ने–जलजला अभियानको नेतृत्वसमेत उहाँकै अगुवाइँमा भएको थियो। त्यसकारण पनि थबाङ्गीहरू बादलसँग पूर्णरुपमा परिचित छन्,’ उनले भने। नेता बादलले नेतृत्व गरेको ‘सिज’ अभियानले नै माओवादी आन्दोलनलाई थप बलियो बनाएको रोकामगरको विश्लेषण छ।

प्रस्तुत छ, बिएल नेपाली सेवाका लागि रोकामगरले गरेको कुराकानी–

प्रकाशित मिति: : 2021-11-09 19:13:00

प्रतिकृया दिनुहोस्

    नवीनकाे नवीन साेच । थवाङलाई नवीन ढाँचामा लैजान खाेजेकाे सत्य रहेछ । थवाङ स्वाभिमानी थलाे रहेछ ।

    • 2 बर्ष अगाडि
    • डिवि

    कुरो गरेर च्युरा भिज्दैन, यसै मारियो उसै मारियो भनेर प्रचण्ड र बाबुराम को घाँटी छिनाल्नु साहस भए, तिमीहरु उनैका चौकीदार हौ अहिले भेट भए खुट्टा मा पर्छौ.

    • 2 बर्ष अगाडि
    • Navin Rayamajhi