जोर्डन र संयुक्त राष्ट्र संघबीच सिरियाबारे छलफल

File Photo
File Photo

जोर्डन र संयुक्त राष्ट्र संघबीच सिरियाका बारेमा छलफल भएको छ। सिरियाको समस्या समाधानका विषयमा सो छलफल भएको बताइएको छ। जोर्डनका विदेशमन्त्री आयमन सफादीले सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि गेरी फेडरसनसँग आइतबार भेटवार्ता गरेका थिए।

त्यस भेटका क्रममा सिरियामा जारी हिंसा तथा संकटको अन्त्यका लागि आवश्यक सहयोग र सहकार्यका बारेमा कुराकानी भएको जोर्डनको विदेशमन्त्रालयले जानकारी दिएको छ। त्यस अवसरमा जोर्डनका विदेशमन्त्री सफादीले जोर्डनले सिरियामा शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्र संघसँग मिलेर आवश्यक कार्य गर्ने बताएका थिए।

सिरियामा वर्षौंदेखि जारी रहेको हिंसामा परी लाखौँ मानिसको ज्यान गएको छ भने यहाँका लाखौँ नागरिकहरु स्वदेश तथा विदेशमा विस्थापित हुन पुगेका छन्। यहाँ शान्तिपूर्ण रुपमा र प्रजातान्त्रिक समाधानका लागि सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले आग्रह गर्दै आए पनि सो सम्भव हुन सकेको छैन।

प्रकाशित मिति: : 2021-11-08 13:42:00

प्रतिकृया दिनुहोस्