ललितपुरमा ग्यास सिलिण्डर विस्फोट, एकैघरका ४ जनाको मृत्यु

शनि शाक्य

काठमाडौं

ललितपुरकाे मंगलबजारमा ग्यास सिलिण्डर विस्फाेट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

शुक्रबार बेलुका ६ बजेर ३६ मिनेटमा लक्ष्मीकृष्ण ताम्राकारकाे घरमा ग्यास सिलिण्डर विस्फाेट हुँदा लक्ष्मीकृष्ण सहित चार जनाकाे घटनास्थलमै मृत्यु भएकाे ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बिएल नेपाली सेवालाई जानकारी  दिएकी छन्।

उनका अनुसार मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, अन्जना ताम्राकार, रजना ताम्राकार र निर्मल ताम्राकार रहेका छन्। घाइते सात जनालाई उपचारकाे लागि अस्पताल लगिएकाे छ। घाइते हुनेमा स्नेहा,अरूष, अनार, आर्य र सर्जु ताम्राकार रहेका छन्। 

'पर्दाबाट सल्किएकाे आगाे ग्याससम्म पुग्दा विस्फाेट भएकाे भन्ने खुल्न आएकाे छ, अहिले हामी घटनास्थल पुगेर उद्दार गरिरहेका छाैँ, घटनास्थलमा चार जनाकाे शव फेला परेकाे छ भने सात जना घाइतेलाई अस्पताल पठाएका छाैँ' एसएसपी बज्राचार्यले भनिन्।

उक्त घरबाट ठूलाे आवाज आएपछि स्थानीयले त्यहाँ पुगरेर प्रहरीलाई खबर गरेका थिए। त्यस लगत्तै एसएसपी बज्राचार्य सहितकाे प्रहरीकाे टाेली घटनास्थल पुगेर घाइतेकाे उद्दार गरेकाे थियाे।

प्रकाशित मिति: : 2021-11-05 20:09:00

प्रतिकृया दिनुहोस्