भारतमा थप १२ हजार नयाँ सङ्क्रमित

बिएल संवाददाता

नयाँदिल्ली
File Photo
File Photo

भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन्। 

सोही अवधिमा भारतमा देशभरी कुल ४६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ४८ हजार ५७९ रहेको छ। तीमध्ये १५ हजार ५४ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन्। 

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाको कुल सङ्ख्या तीन करोड ३७ लाख १२ हजार ७९४ पुगेको मन्त्रालयले जनाएको छ।  

त्यसैगरी भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकै कारणले अहिलेसम्म चार लाख ५९ हजार ६५२ मृत्यु भएको छ। 

प्रकाशित मिति: : 2021-11-04 13:32:00

प्रतिकृया दिनुहोस्