म्यानचेस्टर सिटीको जित,पीएसजी रोकियो

photo-Danehouse/Getty
photo-Danehouse/Getty

युईएफए च्याम्पियन्सलिग अन्तर्गत समूह ‘ए’ को खेलमा म्यानचेस्टर सिटीले जित हात पार्दा पेरिस सेण्ड जर्मेन (पीएसजी) भने बराबरीमा रोकिएको छ। 

बुधबार राति भएको फरक खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले बेल्जियम शीर्ष क्लब ब्रगलाई ४–१ गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा पुगेको हो।  

घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन फिल फोडेन, रियाद माहरेज, रहिम स्टर्लिङ र गाब्रियल जेसुसले एक एक गोल गरे।  सिटीकै जोन स्टोनिसले आत्मघाती गोल गरे। 

यता, समूह ‘ए’ कै अर्काे खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन बुण्डेसलिगा आरबी लाईपजिगसँग २–२ को बराबरीमा रोकियो। 

स्टार खेलाडी लियोनल मेस्सी बिना मैदान उत्रिएको पीएसजी २–१ को अग्रता जोगाउन नसक्दा अन्तिम समयमा बराबरीमा रोकियो। पीएसजीको लागि जर्जिनिओ विज्नाल्डुमले दुई गोल गरे। यता, लाईपजिगको लागि क्रिस्टोफर नकुन्कु र डोमिनिक सजोबोक्जिअलले पेनाल्टी गोल गरे। 

खेलसँगै समूह ‘ए’ मा सिटी ४ खेलबाट ९ अंक सहित शीर्षस्थानमा छ। २ जित र २ बराबर सहित अपराजित रहेको पीएसजी ८ अंकका साथ दोस्रो स्थानमा छ। 

यता, ४ अंक जोडेको क्लब ब्रग तेस्रो स्थानमा रहँदा एक अंक जोडेको लाईपजित पुछारमा छ। 

प्रकाशित मिति: : 2021-11-04 07:29:00

प्रतिकृया दिनुहोस्