पोखरामा खाजा घरभित्र यौन धन्दा, दुईजना पक्राउ

Breaknlinks
Breaknlinks

पोखरामा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन्। पोखरा–८ जाल्पारोडबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हो। 

पक्राउ पर्नेहरूमा तनहुँ आबुखैरेनी–२ घर भई हाल पोखरा–८ जाल्पारोड बस्ने २६ वर्षिय अर्जुन पन्त र गोरखा गण्डकी गाउँपालिका–७ घ्यालचोक घर भई हाल पोखरा–१४ चाउथे बस्ने २४ वर्षीय वर्षिय विराज रानामगरलाई प्रहरीले पक्राउ गरेकाे हो। पन्त उक्त होटल संचालकसमेत हुन्। 

जाल्पारोडस्थित संगीना खाजा–घरमा महिलाहरूलाई डर–त्रस देखाएर बाध्य पारी यौन कर्ममा लगाएको अभियोगमा उनीहरुलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

वडाप्रहरी कार्यालय बैदामबाट एक महिलालाई जबरजस्ती मोटरसाइकलमा दुईजना पुरुषहरूले लैजाँदै गरेको अवस्थामा फेला पारी महिलालाई उद्दार गरेर आफन्तको जिम्मा लगाएको प्रहरीकाे भनाइ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए।

प्रकाशित मिति: : 2021-11-02 20:16:00

प्रतिकृया दिनुहोस्