सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने

Symbolic photo
Symbolic photo

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ।

कृषकले उत्पादन गरेको दूधलाई बजारीकरणमा सहयोग पु¥याउन सहकारी संस्थाले शुक्लागण्डकी–२ गाछेपानीमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो। 

दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपङ्क्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ। 

सहकारीले गाछेपानीमा प्रशोधन केन्द्र निर्माण गर्ने र आगामी साउनसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए। 

उनका अनुसार रु ९९ लाख २९ हजार तीन सयको लगानीमा प्रशोधन केन्द्र सञ्चालन हुनेछ। त्यसका लागि सहकारीले रु १९ लाख ४० हजार छ सय ४७ लगानी गर्र्नेछ भने राष्ट्रिय सहकारी बैङ्क दमौली शाखाले रु ३० लाख २४ हजार तीन ऋण लगानी गर्नेछ। 

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाईले रु ४९ लाख ६४ हजार छ सय ५० रुपैयाँ अनुदान उपलब्ध गराउने सहमति भएको छ। 

गुणस्तरीय दूध, दही, घ्यु, पनिर, आईसक्रिम बनाउने र प्याकेजिङ गर्नलाई आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुनेछ। कच्चा पदार्थ खरिद, ढुवानी, बजार प्रबद्र्धन र बीमामा परियोजनाको सहयोग रहने सहकारीले जनाएको छ।

शुक्लागण्डकी –१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारीले दुलेगौडाबाट सेवा कार्यालय सञ्चालन गरेको छ। विसं २०७४ मा स्थापित सहकारीमा दुई हजार चार सय ७५ शेयर सदस्य छन्। सहकारीले खैरेनीटार बजारमा पनि सेवा कार्यालय सञ्चालन गर्ने तयारी गरेको छ। 

किसानले गरेको उत्पादनलाई गुणस्तरीय र ब्राण्ड बनाएर बजारीकरणमा सहयोग पु¥याउन परियोजना सञ्चालन गर्न लागिएको उनले बताए।

सहकारीले पशुपालनका निम्ति कृषकलाई बिनाधितोमा कर्जा लगानी गर्दै आइरहेको छ। सहकारीमार्फत् ऋण लिएकाहरुले गाईभैसी फार्म सञ्चालन गरिरहेका छन्।

सहकारीले शुक्लागण्डकी नगरक्षेत्रका किसानले उत्पादन गरेको एक हजार दुई सय लिटर दूध दैनिक रुपमा बजारमा विक्री वितरण गरिरहेको छ।

प्रकाशित मिति: : 2021-11-02 12:18:00

प्रतिकृया दिनुहोस्