दुई सयले बढ्यो सुनको मूल्य

Symbolic photo
Symbolic photo

आज सुनको मूल्य दुई सयले बढेको छ। 

सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको थियो भने आज ९२ हजार कायम भएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रहेको छ। 

त्यसैगरी चाँदीको मूल्य रु पाँचले बढेर एक हजार २५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-02 11:56:00

प्रतिकृया दिनुहोस्