खोप लगाएका पर्यटकलाई इजरायलमा प्रवेश खुल्ला

Touristisrael

खोप लगाएका पर्यटकलाई सोमबारदेखि इजरायल प्रवेश खुल्ला गरिएको छ।

कोरोनाभाइरसको महामारीका कारण विदेशी पर्यटकहरूलाई देश प्रवेश बन्द गरिएकोमा झन्डै २० महिनापछि प्रवेश खुल्ला गरिएको हो।

पर्यटकहरूलाई खुल्ला गरिएसँगै महामारीका कारण सङ्कटमा परेको देशको अर्थतन्त्र उकास्न केही सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरकारले विदेशी पर्यटकहरूलाई इजरायल आउन दिने भएपछि व्यवसायीहरू खुशी भएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: : 2021-11-02 08:47:00

प्रतिकृया दिनुहोस्