पोखरामा ६ जुवाडे पक्राउ

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

पोखरामा छ जुवाडे पक्राउ परेका छन्। पोखरा– १४ चाउथेस्थित जुवा, तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्रेको हो। 

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले भारत घर भई हाल पोखरा– १४ चाउथे बस्ने २५ वर्षीय इम्तिहाज आलमको ग्यारेजमा जुवा, तास खेलिरहेका छ जना व्यक्तिहरूलाई पक्रास गरेकाे हाे।

उनीहरूको साथबाट एक लाख छपन्न हजार तीन सय पन्चानब्बे रुपैयाँ नगद बरामद गरेकाे प्रहरीले जनाएकाे छ। 

नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण

१) पाल्पा स्थायी घर भई हाल पाेखरा– १० नहरचोक बस्ने ३२ वर्षीय विदबहादुर दंगाला

२) पर्वत स्थायी घर भई हाल पाेखरा– १४ चाउथे बस्ने ६० वर्षीय लोक बहादुर क्षेत्री

३) बाग्लुङ घर भई हाल पोखरा– १० अन्नपूर्ण टोल बस्ने ३० वर्षीय विष्णु वि.क.

४) मकवानपुर घर भई हाल पोखरा– १० नहरचोक बस्ने २९ वर्षीय मधु वि.क.

५) बारा घर भई हाल पोखरा– १० नहरचोक बस्ने ४० वर्षीय अब्दुल मनान

६) भारत घर भई हाल पाेखरा– १४ चाउथे बस्ने २५ वर्षाीय इम्तिहाज आलम।

प्रकाशित मिति: : 2021-11-01 19:00:00

प्रतिकृया दिनुहोस्