सेयर बजार दोहोरो अंकले घट्याे, कारोबार रकम सात अर्ब माथि

Photo-NK
Photo-NK

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्च (नप्से)मा दोहोरो अंकको गिरावट आएको छ।

साेमबार नेप्से परिसूचक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८१९ दशमलब ८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

२२६ कम्पनीले १३ करोड चार लाख तीन हजार ३१२ कित्ता सेयर खरिदबिक्री गर्दा कुल सात अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भएर कारोबार रकममा भने सुधार आएको छ।

साेमबार सबैभन्दा धेरै कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक लिमिटेड छ। बैंकको ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँ १० पैसाको कारोबार भएको छ।

बैंकिङ, होटल र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे छन्। सोमबार दोहोरो अंकले बजार घट्दा पनि मानुसी लघुवित्त, साहास ऊर्जा र पाँचथर पावरका लगानीकर्ताले भने कमाएका छन्।

मानुसी लघुवित्तको सेयेरमा १० प्रतिशतको वृद्धि भएको छ। त्यस्तै, साहास ऊर्जाको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी छ भने पाँचथर पावरको सेयर पनि नौ प्रतिशतभन्दा बढीले बढेको छ।

त्यस्तै, साेमबार सबैभन्दा धेरै गुमाउनेमा कामना सेव विकास बैंकका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य ६ दशमलव ७२ प्रतिशतको गिरावट आएको छ। 

प्रकाशित मिति: : 2021-11-01 15:56:00

प्रतिकृया दिनुहोस्