नेप्से ५५ अंकले बढ्यो

Symbolic photo
Symbolic photo

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ। नेप्से आइतबार ५५ दशमलव ५० अंकले बढेर दुई हजार आठ सय ३७ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

कारोबार रकम पनि बढेको छ। नेप्सेमा सात अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ। कारोबारको आधारमा आइतबार सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ। यस बैंकको आइतबार ३१ भन्दा बढीको कारोबार भएको छ।

नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। कारोबारमा आएकामध्ये बैंकिङ समूहको सूचकबाहेक सबै समूहको सूचकमा एकदेखि छ प्रतिशतभन्दा धेरैको सुधार आएको छ।

बैंकिङ समूहको सूचकमा शून्य दशमलव १६ प्रतिशतले गिरावट आएको छ। आइतबार सबैभन्दा धेरै कमाउनेमा युनाइटेड इन्स्योरेन्सका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिशतले बढेको छ।

त्यस्तै, आइतबार धेरै गुमाउनेमा एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्यमा ६ दशमलव ५० प्रतिशतले गिरावट आएको छ। 

प्रकाशित मिति: : 2021-10-31 15:46:00

प्रतिकृया दिनुहोस्