पत्नि हत्याको आरोप लागेपछि आत्महत्या

File Photo
File Photo

पत्निको हत्या गरेको आरोप लागेपछि रोल्पामा एक पुरुषले आत्महत्या गरेका छन्।

रोल्पा नगरपालिका–१० धाङ्सीकी ४० वर्षीया पुष्पा बुढाको हत्या आरोप लागेपछि पति ३८ वर्षका प्रदीप बुढाले आत्महत्या गरेका हुन्।

गत बैशाख ३१ गते घाँस काट्न गएको बेला भिरबाट लडेर मृत्यु भएको भनिएकी पुष्पाको पोष्टमार्टम रिपोर्टका आधारमा अनुसन्धान गर्दा पतिले नै हत्या गरेको आशंका प्रहरीले गरेको थियो। ‘श्रीमति हत्याको आरोपमा पक्राउ पुर्जी जारी गरी अनुसन्धान भइरहेको थियो,’ जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले भने, ‘आज ति व्यक्ति नै घर नजिकैको जङ्गलमा रुखमा झुण्डेको अवस्थामा भेटिए।’

सुरुमा लडेर नै ज्यान गुमाएको भन्ने जानकारी आएको थियो, तर पछि बुझ्दै जाँदा असामान्य रुपमा मृत्यु भएको पाइएपछि अनुसन्धान थालेको प्रहरीको भनाई छ।

गत ४ दिनदेखि मोबाइल नै बन्द गरेर वेपत्ता भएका प्रदीपको शुक्रवार शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रेउघा रोल्पामा ल्याईएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-30 09:02:00

प्रतिकृया दिनुहोस्