शनिबार, १२ जुलाई २०२५

पोखरामा लागू कारोबारी पक्राउ 

बिएल संवाददाता

बिएल संवाददाता

पोखरा
2021-10-29 19:37:00
News Image
• • •

पोखरामा दुई लागू औषध कारोबारी समातिएका छन्। लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनीहरुलाई समातेको हो।

पक्राउ पर्नेमा धादिङ रुबीदेवी गाउँपालिका- ६ स्थायी घर भई हाल पोखरा महागनरपालिका- १ सिमपानी बस्ने ३० वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँमै बस्ने २२ वर्षीय सन्तराम तामाङ रहेका छन्।

उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध गाँजा ९५० ग्राम र लागूऔषध जोख्न प्रयोग गरिने डिजिटल तराजु १ थानसहित फेला पारेक हुँदा  लागूऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन ७  दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?