रूपाको माध्यमिक तह हाजिरी जवाफमा शिवालय पहिलो

कास्की रूपा गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरू बीच भएको माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय मा.वि.पहिलो भएको छ।

कालिका माध्यमिक विद्यालय, वडा नम्बर १ को आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा रूपा गाउँपालिका भित्रका १० माध्यमिक विद्यालयमध्ये ७ ओटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा वडा नम्बर-२ थुम्कीस्थित शिवालयले ५५ अङ्कसहित पहिलो स्थान हासिल गरेको हो। सो विद्यालयबाट धिरज सुनार, समीक्षा राना मगर र निश्चल ओझा सहभागी थिए।

यस्तै वडा नं. ६ तालबेसीस्थित रूपाज्योति मा.वि.दोस्रो, वडा नं. ३ पोल्याङस्थित जनता मा.वि. तेस्रो र वडा नं. ७ हंसपुरस्थित रामकोट मा.वि. सान्त्वना भएका थिए।

प्रतियोगिताका विजेतालाई रूपा गाउँपालिका, शिक्षा शाखा प्रमुख सन्दिप पौडेल, प्रधानाध्यापक ज्ञानेन्द्र पौडेल, पुरस्कार प्रायोजकका तर्फबाट कीर्ति सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए। इम्पावर नेपाल फाउन्डेसनले प्रायोजन गरेको प्रतियोगितामा पहिलो हुनेले ५ हजार, दोस्रो हुनेले ४ हजार, तेस्रो हुनेले ३ हजार र सान्त्वना हुनेले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए।

प्रकाशित मिति: : 2021-10-29 19:29:00

प्रतिकृया दिनुहोस्