कोभिडका कारण बन्द म्यानमारका विद्यालय नोभेम्बरदेखि खुल्ने

File Photo
File Photo

म्यानमारका विद्यालयहरु अर्को महिनादेखि खुल्ने भएका छन् । त्यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो।

म्यानमारमा कोभिडको महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी त्यहाँको सरकारले गरेको बताइएको छ।

त्यहाँका अधिकारीहरुले म्यानमारका सबै निजी तथा सरकारी विद्यालयहरु र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बाहरु र अरु शिक्षण संस्थाहरु पनि खुल्ने भएका अधिकारीहरुले जानकारी दिएका छन्।

त्यहाँका स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटिसकेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन्।

प्रकाशित मिति: : 2021-10-29 16:03:00

प्रतिकृया दिनुहोस्