प्रियंका चोपडा बलिउडकी एक चर्चित र सफल अभिनेत्री हुन्,। जसको बलिउडमा मात्र नभई हलिउडमा पनि छुट्टै पहिचान छ।
उनले अग्रेंजी भाषाका निक्कै फिल्म तथा टिभी सिरिजहरूमा काम गरिसकेकी थिइन्। अहिले सफल अभिनेत्रीमा पर्ने उनी कुनै समय आफनै छालाको रङका कारण दुखी थिइन्।
जब उनी सामान्य किशोरी थिइन् र अमेरिकाको एक स्कुलमा पढ्थिन्। तब उनलाई उनका साथीहरुले ‘ब्राउनी’ भनेर जिस्काउने गर्थँ।
आफूलाई कसैले मन नपराउने बताउदैँ उनले एक अन्तवार्तामा भनेकी थिइन्, ‘मसँग बसेर खाना खान मन पराउँदैनथे, किनकि, मेरो छालाको रङ गोरो थिएन।’
साथीहरुले गिज्याउन थालेपछि आफनो आत्मविश्वास गुमाउदैँ गएकी उनले छाला लुकाउन गोरो हुने क्रिमकासमेत प्रयोग गर्न थालिन्। तर कुनै परिवर्तन देखिन।
आफनो रुप देखेर आत्मविश्वास घट्दै गएपछि उनलाई आमाले सम्झाउन थालिन्। उनलाई उनको आमाले भन्ने गर्थिन्, ‘तिमी जस्ती छौ, त्यस्तै सुन्दर छौ । कसैका लागि आफूलाई बदल्नु पर्दैन।’
विश्वसुन्दरी हुँदै बलिउडमा प्रवेश गरेपछि प्रियंकाले गोरो हुने क्रिमको विज्ञापन गर्न थालिन्। एकदिन विज्ञापन गरेर घर फकिदैँ गरेकी उनले सोच्न थालिन्, ‘म यो के गर्दै छु? कसरी झुटो सपना बेच्न सक्छु? किन मैले आफ्नो रङलाई स्विकार्न नसकेको? मैले नै यसो गरेँ भने देशका हजारौँ महिलाले क्रिम लगाएर गोरो हुने सपना देख्लान्, जबकी, हामीले आफ्नो छालाको रङलाई सहज रूपमा लिनुपर्छ।’
त्यसदिनदेखि आफूले आफनो छालाको रङलाई अपनाउन थालेको उनी बताउँछिन्। प्रियंकाले २०१८ ‘डिसेम्बर’ मा अमेरिकाका गायक निकोलस जेरी जोनाससँग विवाह गरेकी थिइन्।