दुई फरार  प्रतिवादी पक्राउ

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

जिल्ला प्रहरी कार्यालय कास्कीले दुई फरार प्रतिवादी पक्राउ गरेको छ। लागूऔषध र चोरी मुद्दामा दोषी ठर्याइएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्रेको हो।

जिल्ला अदालतको लागत नम्बर ५१५१ लागू औषध मुद्दामा १ वर्ष ८ महिना १२ दिन कैद सजाय र १ लाख रुपैयाँ जरिवाना तोकिएका प्रतिवादी स्याङ्जा फेदीखोला गाउँपालिका ५ स्थायी घर भएका २१ वर्षिय सन्दिप पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

हाल पोखरा महानगरपालिका वडा १७ बस्दै आएका पौडेल सहित अर्का कास्की जिल्ला अदालतको लागत नम्बर ५७३९, ५७४० र ५७४१ चोरी मुद्दामा ७ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी रहेका प्रतिवादी जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ घर भई हाल जिल्ला पोखरा ५ मालेपाटन बस्ने ४१ वर्षिय डोर बहादुर बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए।

निजहरूलाई सम्मानित कास्की जिल्ला अदालतको आदेशले कारागार चलान गरिएको उनले सुनाए।a

प्रकाशित मिति: : 2021-10-27 21:03:00

प्रतिकृया दिनुहोस्