सिंगापुरका 'हेजर' म्यान्मारका लागि संयुक्त राष्ट्रसंघकाे नयाँ राजदूत नियुक्त

बिएल संवाददाता

रंगुन, म्यान्मार

सिंगापुरका समाजशास्त्री नोएलिन हेजरलाई म्यान्मारका लागि नयाँ विशेष दूत रुपमा नियुक्त गरिएको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार घोषणा गरेका छन्।

७३ वर्षीया हेजरले स्विट्जरल्याण्डकी क्रिस्टिन श्रनर बर्जेनरलाई विस्थापित गरेका छन्। हेजरले संयुक्त राष्ट्रसंघमा विशेष गरी सन् २००७ देखि २०१४ सम्म एसिया र प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको प्रमुखका रुपमा कैयौ वरिष्ठ पदहरू सम्हालिसकेका छन्।

सन् २०१३ देखि २०१५ सम्म उहाँले पूर्वी टिमोरको लागि विशेष सल्लाहकारको रुपमा सेवा गरेका थिए।

म्यान्मारमा फेब्रुअरी–१ बाट सैन्य कू भएपछि दश वर्षको लोकतान्त्रिक अवधिको अन्त्य भएको थियो संयुक्त राष्ट्रसंघले सैन्यलाई सरकारलाई राजनीतिक वार्ता पुनः सुरु गर्न र समयसमयमा पक्राउ परेका नागरिक अधिकारीहरूलाई मुक्त गर्न आग्रह गर्दै आएको छ।

प्रकाशित मिति: : 2021-10-27 06:10:00

प्रतिकृया दिनुहोस्