सैन्य ‘कू’पछि सुडान सङ्कट चुलिँदै, अत्यावश्यक सेवामा लगायो सैनिक सरकारले रोक

Photo: EPA–EFE–AFP
Photo: EPA–EFE–AFP

सुडानको सैन्य 'कू' विरूद्ध प्रदर्शन लोकतन्त्रवादीहरुले सडकमा दैनिक विरोध प्रदर्शन गर्दैआएका छन्।

एक साताअघि सोमबार (अक्टुबर १८) मा त्यहाँको सेनाले प्रधानमन्त्री अब्दल्ला हाम्डोक नेतृत्वको अन्तरिम सरकारलाई बर्खास्त गरी शक्ति हातमा लिएपछि सङ्कट चुलिँदै गएको हो। सन् २०१९ को अप्रिलमा ३० वर्षदेखि एकछत्त शासन गरिरहेका निरङ्कुश शासक ओमार अल-बशीरलाई अपदस्थ गरेपछि नागरिक शासनको नेतृत्व हाम्डोकले गरिरहेका थिए।

आपतकालिन अवस्थाको घोषणा गर्दै सुडानका शीर्ष जनरल अब्देल फताह अल-बुर्हानले सेनाले 'क्रान्तिको बाटो सच्याउन' एक्शन लिएको बताए। अन्तर्राष्ट्रिय समुदायले त्यहाँको सुरक्षाबलको निन्दा गरेको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बसी त्यहाँको सङ्कटबारे छलफल हुने अपेक्षा अन्तर्राष्ट्रिय समुदायको छ।

सडक प्रदर्शनमा उत्रिएको भीडमा गुञ्जिएको मुख्य नारा छ,'विगतमा फर्कनुको विकल्प छैन।' उक्त सिपाहीहरूले गोली हानेर कम्तिमा चार व्यक्तिको हत्या गरे पनि प्रदर्शनकारीहरू धर्ना दिएर बाहिर बसेका थिए।

सैनिकहरूले प्रधानमन्त्री अब्दल्ला हाम्डोक, उनको सरकारका मन्त्रीहरू र सत्तारूढ परिषदका नागरिक सदस्यहरूलाई गत साता हिरासतमा लिएका थिए।

त्यसपछिको आपतकालीन अवस्थाको घोषणा र सरकार विघटनले तुरुन्तै अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याएको छ। सुडानको रूपान्तरण प्रक्रिया र वर्तमान सरकारको प्रमुख समर्थक संयुक्त राज्य अमेरिकाले सेनाको उक्त 'कू'को कडा निन्दा गर्दै लाखौँ डलर सहायता निलम्बन गरेको छ।

संयुक्त राष्ट्र संघले हमडोकको 'तत्काल रिहाई' माग गरे पनि न्यूयोर्कका कूटनीतिज्ञहरूले सुरक्षा परिषद्ले मंगलबार संकटबारे छलफल गर्न बैठक गर्ने अपेक्षा गरिएको छ भन्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सी– एएफपीलाई जानकारी दिए।

इन्टरनेट सेवा बन्द

सैनिकहरूले राजधानीको जुम्ल्याहा शहर ओमदुरमानमा रहेको राष्ट्रिय प्रशारण संस्थाको मुख्यालयमा आक्रमण गर्नुअघि देशभरि इन्टरनेट सेवाहरू काटिदिएका थिए। खार्तूममा जाने सडकहरू बन्द गरिएको थियो तर बुरहानको भाषणपछि पनि खार्तुममा झडपहरू भइरहेका थिए।

प्रदर्शनकारीहरुले 'नागरिक शासन जनताको रोजाइ हो' भन्ने जस्ता नारा लगाई झण्डा फहराउने र जलिरहेको टायरहरुको ब्यारिकेड बनाई प्रदर्शन गरेका थिए।

सूचना मन्त्रालयले अनुसार 'सैनिक मुख्यालय बाहिर प्रदर्शनकारीहरूमाथि प्रत्यक्ष गोली चलाइएको छ' कम्तिमा चार प्रदर्शनकारीको मृत्यु भएको र लगभग ८० जना घाइते भएका सुडानइज डाक्टरहरूको स्वतन्त्र केन्द्रीय समितिले बतायो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सुरक्षा सेवाहरूले प्रदर्शनकारीहरूविरुद्ध प्रत्यक्ष गोलाबारुद प्रयोग गरेको रिपोर्टप्रति चिन्ता व्यक्त गरे। ब्लिन्केनले नागरिक नेतृत्वको संक्रमणकालीन सरकारको पुनर्स्थापनाको लागि आह्वान गर्दै भने, 'संयुक्त राज्य अमेरिकाले सुडानी सैन्य बलहरूको कार्यको कडा निन्दा गर्दछ।'

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पक्राउ परेका प्रधानमन्त्रीसँग अमेरिकी अधिकारीहरूले सम्पर्क गर्न नसकेको बताए। अमेरिकाले ७० करोड डलरको सहायता रोकेको छ।

'क्रान्तिको विश्वासघात'

पहिले सुडानी द्वन्द्वको मध्यस्थतामा संलग्न देशहरू- अमेरिका, बेलायत र नर्वेले 'कू'प्रति विरोध जनाएका छन्। उनीहरुले संयुक्त रुपमा भनेका छन्, 'सेनाको कार्यले क्रान्ति, आर्थिक विकास, परिवर्तन, र शान्ति, न्याय र सुडानी जनताको वैधानिक अनुरोधको विश्वासघातको प्रतिविम्व हो।'

मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त मिशेल ब्याचेलेटले सुडानले दमनमा फर्किने खतरा रहेको चेतावनी दिएकी छन्। युरोपियन युनियन, अफ्रिकी युनियन र अरब लीगले पनि चिन्ता व्यक्त गरेका छन्।

सुडानमा तीन दशकसम्म फलामको मुट्ठीले शासन गरेका बशीर अहिले भ्रष्टाचारको अभियोगमा खार्तुमको जेलमा छन्। उनलाई डार्फरमा भएको 'जनयुद्ध'मा नरसंहारको आरोपप्रति जवाफदेही बनाउन अन्तर्राष्ट्रिय फौजदारी अदालतले खोजिरहेको छ।

'इन्टरनेशनल क्राइसिस ग्रूप' का थिङ्क ट्याङ्क जोनास होर्नरले सैन्य 'कू' लाई 'दुवै पक्षका लागि अस्तित्वको क्षण' भनी वर्णन गरे। पछिल्लो समयमा सुडानको नेतृत्वमा दरार फराकिलो भएको थियो। ह्यामडोकले यसअघि परिवर्तनकालीन सरकारमा बढ्दै गरेको दूरीलाई 'सबैभन्दा खराब र खतरनाक सङ्कट' भनेर वर्णन गरेका थिए।

हालैका दिनहरूमा बशीरविरुद्ध प्रदर्शनको नेतृत्व गर्ने आन्दोलनका दुई गुटहरूले बहसको विपरीत पक्षहरूमा विरोध गरेका छन्- एउटा समूहले सैन्य शासनको लागि आह्वान गरिरहेको छ भने अर्कोले शक्तिको पूर्ण हस्तान्तरणको लागि।

'फोर्स फर फ्रिडम एण्ड चेन्ज' (एफसीसी) भनेर चिनिने आन्दोलनमा लामो समयदेखि तनाव बढ्दै गएको छ तर सरकारले यस वर्षको सेप्टेम्बर २१ मा असफल सैन्य 'कू' भएको बताएपछि दरार झन् बढेको हो।  

एफसीसीका एक नेताले शनिवार खार्तुममा भएको एउटा पत्रकार सम्मेलनको क्रममा भीडले आक्रमण गरेको 'क्रिपिङ कू' को चेतावनी दिए।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2021-10-27 20:05:00

प्रतिकृया दिनुहोस्