माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन [फाेटाे फिचर]

Photo: PTI
Photo: PTI

 अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन्।

राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। 

अक्टोबर १ देखि २४ सम्म एक लाख २ हजार ४३४ पर्यटकले माल्दिभ्स भ्रमण गरेका पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सन् २०२० जुनको सोही अवधिको तुलनामा हाल ५९९ प्रतिशतले बढेको छ। तर २०१९ को तुलनामा २ प्रतिशतले घटेको छ।

माल्दिभ्सले यस वर्ष अहिलेसम्म कुल नौ लाख ७३ हजार २६९ पर्यटक आगमन रेकर्ड रहेको बताएको छ।

माल्दिभ्सका लागि पर्यटक आगमनको सबैभन्दा ठूलो स्रोत भारत र रुस हो। यस आगमनको क्रमशः २३ प्रतिशत र १९ प्रतिशत रहेको थियो।

प्रकाशित मिति: : 2021-10-26 15:53:00

प्रतिकृया दिनुहोस्