७८ अंकले बढ्याे नेप्से

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८ दशमलव ८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ।

सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको थियो।

मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा २२७ कम्पनीको ११ करोड चार लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ।

सोमबार चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको थियो। कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कामना सेवा विकास बैंकको भएको छ। याे बैंकको आज ४४ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ।

आज सबै समूहको सूचकमा हरियाली छाएको छ। मंगलबार होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै प्रतिशतले उकालो लागेको छ। सो समूहको सूचकमा सात प्रतिशतभन्दा धेरैको सुधार भएको देखिन्छ।

आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, १३ कम्पनीको सेयर मूल्य नौ प्रतिशत भन्दा बढीले बढेको छ भने दुई कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

नेप्सेका अनुसार आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

प्रकाशित मिति: : 2021-10-26 15:40:00

प्रतिकृया दिनुहोस्