बिएल संवाददाता
नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट शेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ।
सूचीकृत कम्पनीले आफ्ना शेयरधनीलाई प्रदान गरेको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्दा बैंक स्टेटमेण्टमा शेयर रजिष्ट्रारको मात्र नाम आउने गरेका सन्दर्भमा बोर्डले सबै विवरण खुल्ने गरी लाभांश पठाउन निर्देशन दिएको हो।
हालैका दिनमा कुन कम्पनीको, कुन आर्थिक वर्षको र कुन दरको लाभांश हो भन्ने स्पष्ट हुन नसकिएको भन्ने गुनासो आइरहेको छ।
बोर्डले जारी गरेको निर्देशनानुसार अब कम्पनीले आफैँ वा आफ्ना् शेयर रजिष्ट्रारमार्फत शेयरधनीका बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आव, रकम आदि खुल्ने गरी पठाउनुपर्नेछ।
साथै कम्पनीले यसरी लाभांश पठाउँदा क्लियरिङ हाउस लिमिटेडले तोकेका ढाँचामा सूचित गर्नुपर्ने विषयसमेत स्पष्ट खुलाउन बोर्डले निर्देशन दिएको छ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया