खैरो हेरोइनसहित पक्राउ परेका वडाअध्यक्ष पूर्पक्षकको लागि कारागार चलान

Breaknlinks Nepali
Breaknlinks Nepali

लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका पर्साको पकाहामैनपूर गाउँपालिका–१ का वडाअध्यक्ष अमेरिका सहनी (५५)लाई पूर्पक्षकको लागि वीरगंज कारागार चलान गरिएको छ।

जिल्ला अदालत पर्साले वडाअध्यक्ष सहनीलाई पूर्पक्षको लागि कारागार चलान गर्नको लागी आदेश दिएको थियो। प्रहरीले वडाअध्यक्ष सहनीसँगै वडा सदस्य बलिष्टर सहनी (४०) र राम आदेश सहनी (५१)लाई समेत पक्राउ गरेको थियो। वडाअध्यक्षसँगै राम आदेश पनि पुर्पक्षका लागि कारारगार पठाईएका छन्। वडा सदस्य बलिष्टर सहनीलाई एक लाख धरौटीमा छोड्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

वीरगञ्जनबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई साउन ३ गते राति साढे १० बजे वीरगंज महानगरपालिका वडा नम्बर १९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको थियो। वडा अध्यक्ष अमेरिकाले चलाएर ल्याएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फेला परेको थियो।

उनीसँगै वडा सदस्य बलिष्टर ना ६२ प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदै थिए भने राम आदेश वडा सदस्यको मोटरसाइकल पछाडि बसेका थिए।

प्रहरीका अनुसार वडा सदस्य बलिष्टर यसअघि पनि लागूऔषध (गाँजा) मुद्दामा धरौटीमा छुटेका थिए भने वडाअध्यक्ष अमेरिका पनि विभिन्न गैरकानुनी तथा अपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड आफूसँग रहेको दावी प्रहरीले गर्दै आएको छ।

प्रकाशित मिति: : 2021-10-26 07:05:00

प्रतिकृया दिनुहोस्