नेप्से ८७ दशमलव ६३ अंकले बढ्यो

Symbolic photo
Symbolic photo

साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ।

आज नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको छ। आइतबार पनि नेप्से २७ दशमलव ५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको थियो।

त्यस्तै, आज नेप्सेमा हरियाली छाएसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा २२९ कम्पनीको आठ करोड ३९ लाख पाँच हजार ८६४ कित्ता सेयर किनबेच हुँदा कुल चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको छ।

आइतबार दुई अर्ब ७७ करोड ३४ लाख बराबरमा कारोबार सीमित भएको थियो। त्यस्तै, आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ। याे बैंकको आज १६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ।

आज सबै समूहको सूचकमा हरियाली छाएको छ। आज हाइड्रोपावर र फाइनान्स समूहको सूचक सात प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने आज व्यापार समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले मात्र उकालो लागेको छ। बाँकी सबै समूहको सूचकमा एक प्रतिशतदेखि ६ प्रतिशतभन्दा धेरैले सुधार आएको छ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, १५ कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ भने नौ कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा धेरैले बढेको छ।

नेप्सेका अनुसार आज सबैभन्दा धेरै फाइदा कमाउनेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको लगानीकर्ता रहेका छन्। कम्पनी १० प्रतिशतभन्दा धेरैले फाइदामा गरेको छ।

त्यस्तै, आज सबैभन्दा धेरै गुमाउनेमा सांग्रिला डेभलपमेन्ट बैंक डिभेञ्चर २०८७ का लगानीकर्ता रहेका छन्। बैंकको सेयर मूल्य चार प्रतिशतले ओरालो लागेको छ।

प्रकाशित मिति: : 2021-10-25 15:47:00

प्रतिकृया दिनुहोस्