नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८०० बढी कैदी भगाए

File Photo
File Photo

 नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी ८०० भन्दा बढी कैदी भगाएका छन्। एक अज्ञात बन्ददुकधारीले नाइजेरियाको सो कारागारमा हमला गरेपछि ती थुनुवा भागेका बताइएको छ।

अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार राति नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा रहेको सो कारागारमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए । हमला गरेपछि जेल तोडेर ती बन्दी भागेका गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

ओयो राज्यको कारागार विभागका प्रवक्ता अ‍ेलानेग्रु अन्जोरिनले सो कुराको पुष्टि गर्नुभएको छ। उनले शनिबार राति अज्ञात बन्दुकधारीहरुले हमला गर्दा ८३७ जना थुनुवा त्यहाँबाट भागेका थिए। उनीहरुमध्ये कतिपय पुर्पक्षका लागि थुनामा थिए भने कतिपय वर्षैसम्म जेल सजायँ तोकिएका व्यक्ति थिए। जेल तोडेर भागेका उनीहरुको खोजी प्रहरीले थालेको पनि प्रवक्ता अन्जोरिनले बताएका छन्।

भागेका मध्ये २४२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पुनः पक्राउ गरेको छ। अरु भागेका र उनीहरुको पनि खोजी कार्य जारी रहेको कारागार सुरक्षाका विभागका अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2021-10-24 13:48:00

प्रतिकृया दिनुहोस्