सेनाको बसमा बम विस्फोट १३ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ। 

यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ। 

राजधानीको एउटा प्रमुख पुलमा दुई विस्फोटक पदार्थ प्रयोग गरी आतंककारीहरुले सैनिक बसलाई लक्ष्यगरी गराएको बम विष्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु हनुको साथै अन्य तीन जना घाइते भएका जनाएको छ। 

दमासकसमा हालैका वर्षहरुमा केही हदसम्म हिंसा कम भएको थियो।  इस्लामिक स्टेट्स (आइएस) जिहादी समूहले  २०१७ को मार्चमा जस्टिस प्यालेसलक्षित बम विस्फोट गराएपछि कम्तीमा ३० जना मारिएका घटनापछि राजधानीमा भएको यो सबैभन्दा घातक आक्रमण हो। 

यस बम आक्रमणको हाल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन्। तर विगतमा यस्ता हमलाहरुको आईएस जिहादी समूहले दाबी गर्ने गरेका थिए। 

दशकौं पुरानो युद्ध सकिएको र पुनर्निर्माण प्रयासलगायत लगानी परियोजनाहरु शुरू गर्न को लागी स्थिरताको ग्यारेन्टी  गरेको सरकारलाई पछिल्लो बम विष्फोटले चुनौती दिएको छ। 

राष्ट्रपति बशर अल असदको सरकारले आफूलाई अन्तराष्ट्रिय स्तरबाट अलग भएको यस अवस्थालाई बाहिर निकाल्ने कोशिस गरिरहनु भएको छ र हालैका महिनाहरुमा यसमा प्रवेश पाएको छ।

प्रकाशित मिति: : 2021-10-20 16:22:00

प्रतिकृया दिनुहोस्