उत्तराखण्डमा बाढीको बितण्डा: ४६ जनाको मृत्यु, दर्जनौं घर डुबानमा

बिएल संवाददाता

उत्तराखण्ड
AP Photo
AP Photo

भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी र पहिरोमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा अझै केही हराइरहेका छन्। बाढी पहिरोका कारण दर्जनौं घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन् भने पुल तथा संरचना भत्किएका छन्।

पर्यटकहरुको महत्वपूर्ण गन्तव्य मानिने उत्तराखण्डमा आएको पछिल्लो बाढीलाई विज्ञहरुले जलवायु परिवर्तन र जथाभावी निर्माण भएका संरचनासँग जोडेका छन्।

बाढीले भारतको दक्षिणी राज्य केरलासमेत प्रभावित छ। केरलामा बाढीबाट २६ जनाको मृत्यु भइसकेको छ। दुबै राज्यमा यो वर्ष अत्यधिक वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ।

केरलामा यो वर्ष ४५३ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। गत वर्ष १९२ दशमलब ७ मिलिमिटर वर्षा भएको थियो। सामान्यतया अक्टोबरमा ३० मिलिमिटर पानी पर्ने उत्तराखण्डमा पछिल्लो २४ घन्टामा मात्र १२२ दशमलब ४ मिलिमिटर वर्षा भएको छ। एजेन्सी

प्रकाशित मिति: : 2021-10-20 11:35:00

प्रतिकृया दिनुहोस्