नेप्सेमा भारी गिरावट, बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धाको असर

नेप्से सूचक ६९.५१ अंकले घटेको हो। सूचक २५८७.४५ विन्दुमा झरेर रोकिएको छ।

खरिदबिक्री रकम आइतबारभन्दा केही बढेर २ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढी रहेको छ। बैंकहरुले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा गरेपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको हो तर सबै बैंकले ब्याज बढाएका छैनन्।

कतिपयले अघिल्लो महिनाभन्दा ब्याजदर सस्तो पनि बनाएका छन्। तर यही ब्याजदरको बाहनामा बजारमा ठूलै गिरावट आइसकेको छ।

विगत केही समययता नेप्से निरन्तरजसो घटिरहेको छ। केन्द्रीय बैंकको नीतिका कारण बजार प्रभािवत भएको हो। सीसीडी रेसियो घटाएर सीडी रेसियो कायम गरिएको छ। जसका कारण तरलता अभाव भइरहेको बैंकरहरुको दाबी छ। यता, केन्द्रीय बैंकले भने बजारमा हल्ला गरिए जस्तो विकराल अवस्था नभएको बताएको छ। तर यस्ता, हल्लाले बजार भने प्रभावित भएको छ।

त्यसैगरी, यस दिन सोमबार सेन्सेटिभ इण्डेक्स १२.६ अंक, फ्लोट इण्डेक्स ५.०४ अंक र सेन्सेटिभ इण्डेक्स अंक घटेको छ। यस दिन २१८ कम्पनीको ४० हजार ४०१ पटकको कारोबारमा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार रुपैयाँ बराबरको ८७ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यसदिन १३ वटा उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.६३ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.२६ प्रतिशत घटेको छ।

त्यसैगरी, यस दिन विकास बैंक, जलविद्युत, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानीको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने अन्य र म्युचुअल फण्डको १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि नबिल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यसदिन ९ करोड ८९ लाख ९८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन सानिमा बैंक र हिमालयन डिष्टिलरीको साढे ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन १० कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये एनआईसी एशियाको ऋणपत्रको मूल्य सर्वाधिक २ प्रतिशत बढेको छ। 

सोमबार घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर, कालिका पावर, युनिभर्सल पावर, बरुण हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स र किसान लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति: : 2021-10-18 16:32:00

प्रतिकृया दिनुहोस्