केरलामा बाढीबाट मृत्यु हुने २६ पुगे

File Photo
File Photo

भारतको केरला राज्यमा भीषण वर्र्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ। वाढीमा कम्तिमा ११ जना हराइरहेका छन्।  बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन्।

बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन् भने पहिरोमा फसेका मानिसलाई राहत सामग्री पुयाउन हेलिकप्टर परिचालन गरिएको छ।

कोटायाम जिल्लामा एउटा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गरेको भिडियो भाइरल बनेको छ।

सन् २०१८ मा केरलामा परेको भीषण बर्षापछिको पहिरोमा  चार सय जनाको मृत्यु भएको थियो। 

प्रकाशित मिति: : 2021-10-18 14:00:00

प्रतिकृया दिनुहोस्