अफगानिस्तानमा तालिवानले  लगाएका पाँच प्रतिबन्ध

Photo: AP
Photo: AP

गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिबानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन्। प्रस्तुत छ तालिबानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्ध–

१ हजामलाई दाह्री काट्न प्रतिवन्ध
तालिबानले अफगानिस्तानका नाऊ (हजाम)हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएको छ। नियम नमान्नेलाई सजाँय दिइने तालिबानको चेतावनी छ। हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिबानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताएका छन्। तालिबानका नेताहरुले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाटसमेत चेतावनी दिएका छन्।
 
२ शौचालय सफा गर्नेबाहेक अन्य कर्मचारी घरमै बस्न आदेश
तालिबानले काबुल महानगरका महिला कर्मचारीलाई अन्य व्यवस्था नहुन्जेल घरमै बस्न उर्दी जारी गरेको छ। तर, महिला शौचालय सफा गर्ने कर्मचारीलाई भने अनिवार्य उपस्थित हुन भनेको छ।
 
३ सरकारी महिला कर्मचारीलाई काममा नर्फकन उर्दी
पहिलो शासनकालमा तालिबानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएको थियो। तालिबानले दोस्रो पटक सत्ता कब्जा गरेसँगै महिलाका अधिकार कटौती हुने धेरैले आशंका गरेका थिए। आखिर सर्वसाधरणले जे अनुमान गरेका थिए, त्यही भएको छ।
 
४ छात्रालाई अलग्गै अध्ययन
सत्ता सम्हालेको दुई सातामै तालिबानले अफगान छात्राका लागि कडा नियम ल्याएको थियो। जसअनुसार अफगान विद्यालयमा छात्रछात्रासँगै पढ्न पाउने छैनन्। त्यस्तै, पुरुष शिक्षकले छात्रालाई पढाउन पाउने छैनन्। पढाउनै परेमा पर्दापछाडिबाट आधुनिक प्रबिधिको प्रयोग गर्न सक्ने जनाइएको छ।
 
५ विश्वविद्यालयमा छात्रालाई प्रतिबन्ध
तालिबानले विश्वविद्यालयमा महिलाहरुलाई नजान भनेको छ। महिलाहरुले पढ्ने वातावरण नभएको भन्दै महिला अध्ययनमा प्रतिबन्ध लगाएको हो। तालिबानको प्रतिबन्धले विश्वविद्यालयका हजारौं छात्रा प्रभावित भएका छन्। काबुल विश्वविद्यालयका कूल विद्यार्थीको ४३ प्रतिशत छात्रा छन्। यसअघि तालिबानले विश्वविद्यालयका छात्रालाई अलग्गै पोसाक लगाउन बाध्य पारेको थियो।

प्रकाशित मिति: : 2021-10-17 09:36:00

प्रतिकृया दिनुहोस्